परिचय
सामान्यतया जग्गाको किसिम, सिंचाई सुविधा, प्रविधी प्रयोग आदिको प्रतिनिधित्व हुने किसिमले दैवी छनोटको आधारमा छानिएको कित्ताबाट एक निश्चित आकारको साना खण्डमा वाली किटानी गरी उत्पादकत्व अनुगमन गर्ने तरिकालाई वाली कटानी विधि भनिन्छ । यसमा क्षेत्रफल तोकिएको हुन्छ । खेतको आकार क्षेत्रफलका आधारमा आवश्यकता अनुसारको अन्य समायोजन पनि गरिएको हुन्छ ।
वाली कटानीका लागि प्लट संख्या र छनौट गर्ने तरिका
वाली कटानी गर्दा सामान्यतया जिल्लाको सवै किसिमको खेती गरिएको जग्गा सिंचाई सुविधा भएका वा नभएको विभिन्न जात र उत्पादनको मौसम अनुसार सवै विशेषताको समानुपातिक प्रतिनिधित्व हुने गरी न्यूनतम रुपमा ४० वटाको वाली कटानी गर्नु पर्दछ । जात र सिंचाईको अवस्था अनुसार समानुपातिकरुपमा संख्या निर्धारण गर्दा देहायबमोजिम गर्नु पर्दछ ।
जग्गाको किसिम
|
मालभोग
|
जी–९
|
जम्मा
|
सिंचित
|
१०
|
२
|
१२ (३०)
|
असिंचित
|
१६
|
१२
|
२६ (६५)
|
जम्मा
|
२६ (६५)
|
१२ (३५०)
|
४० (१००)
|
त्यस्तै अन्य जातहरु पनि छन भने त्यही अनुसार समानुपातिक प्रतिनिधित्व हुने गरी वाली कटानी गर्नु पर्दछ । जति धेरै वाली कटानी गरिन्छ त्यति धेरै उत्पादकत्वको अनुमान सही हुन्छ । वाली कटानी गर्ने क्षेत्रफलः केरा वालीमा वाली कटानीको सर्वस्वीकार्य विधी नभएको अवस्थामा अन्य फलफूलको भन्दा केही भिन्न तरिकाले यसको क्षेत्रफल किटान गरी गर्दा सहज तरिकाले उत्पादकत्व निकाल्न सकिन्छ । केराको वाली कटानीका लागि सामान्यतया ४० वर्ग मिटर (५*८) को क्षेत्रफल लिनु पर्दछ । पहाडी भेगमा ४० वर्ग मिटर उपलव्ध हुन नसकेको अवस्थामा प्रतिनिधित्व हुने गरी छनौट गर्न सकिन्छ । वाली कटानीका लागि आवश्यक सामानहरुः क. करिव ३ फिटको मसिनो लठ्ठी ४ वटा ख. करिव ४० मिटर लामो डोरी ग. मेजरिङ्ग टेप घ. डिजिटल तराजु ग्राम पनि तौलन मिल्ने
वाली कटानीको विधी सामान्यतया निम्न अनुसार हुनेछः
क. प्लटको दक्षिण पश्चिम कुनामा उभिने ।
ख. त्यस कुनाबाट ५ कदम त्यस कित्ताको लम्वाई तर्फ जाने ।
ग. ५ कदम पुगेको विन्दुबाट २ कदम चौडाई तर्फ भित्र जाने ।
घ. २ कदम भित्र गईसकेपछि २ कदमको विन्दुमा पहिलो लठ्ठी गाड्ने ।
ङ. पहिलो लठ्ठी गाडिएको विन्दुबाट ५ मिटर नापेर ५ मिटरको विन्दुमा दोस्रो लठ्ठी गाड्ने ।
च. दोस्रो लठ्ठीको विन्दुबाट लम्वाई तर्फ ८ मिटर नापेर ८ मिटरको विन्दुमा तेस्रो लठ्ठी गाड्ने ।
छ. तेस्रो लठ्ठीको विन्दुबाट चौडाई तर्फ ५ मिटर नापेर चौथो लठ्ठी गाड्ने । त्यसरी चार वटा लठ्ठी भित्रको क्षेत्रफल ४० वर्ग मिटर हुन्छ र एक कुना बाट अर्को कुनाको दुरी ९.४३३ मिटर हुनु पर्दछ ।
ज. यसरी ठीक तरिकाले नाप गरी लठ्ठी गाडीसकेपछि चारैतिर डोरीले घेरा लगाउनु पर्दछ । डोरीले घेरा लगाउँदा डोरी बाहिर र भित्र परेका बोटहरु स्पष्टरुपमा छुट्टाउनु पर्दछ । चौघेरामा रहेको वाली कटानी गर्ने वर्ष फलदिन सक्ने वोटहरु गणना गरी रेकर्ड राख्नु पर्दछ ।
झ. ४० वर्ग मीका बोटहरु गणना गरी सकेपछि ४ वटा लठ्ठीबाट सवै भन्दा नजिकका ४ वोट र डायगनलको केन्द्र विन्दु ४.७१ मी. को सवै भन्दा नजिकको १ बोट गरी जम्मा ५ बोटमा चिन्ह ट्याग लगाउने ।
ञ. चिन्ह लगाएका केराका वोट हरु एकै चोटी हार्भेष्टका लागि तयार हुदैन्न । जतिवेला हार्भेष्ट गर्न तयार हुन्छन् त्यतिनै वेला चिन्ह लगाएका ५ वटा बोटका घरी काटी जम्मा कोसा संख्या गणना गर्ने । त्यसरी ५ बोटमा भएका कोसा संख्याकै आधारमा युनिटरी विधीबाट ४० वर्ग मिटरमा भएका जम्मा कोषा संख्या र १०००० वर्ग मि भएका कोसा संख्या अनुमान गर्ने ।